7.6k
Shares
दमौली– यहाँस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा पेट, मुटु तथा छाती तथा बालरोग विशेषज्ञको व्यवस्था गरेको हो ।
अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार विशेषज्ञ सेवाका निम्ति सर्वसाधारण जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको हो । यसअघि विशेषज्ञ सेवाका लागि पोखरा, भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता थियो ।
प्रदेश अस्पताललाई ५० शय्यामा विस्तार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको तथा हाल पद दर्ताको प्रक्रिया अगाडि बढाइएको उनले बताए। गत आवमा उक्त अस्पतालबाट एक लाख सात हजार ९८३ जनाले सेवा लिएका थिए ।