दाङमा गाडीको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गयाे

6.1k Shares

काठमाण्डौ – दाङमा गाडीको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरीमा पहिचान नखुलेको गाडीले ठक्कर दिदा तुलसीपुर १४ का ६५ बर्षीय सन्तु थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार