ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

7.8k Shares

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । छिमेकीले उनीहरूको उद्धार गरेका थिए । 

सम्बन्धित समाचार