नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

7.1k Shares

काठमाडौं, असोज १० गते । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार