नेप्सेसँगै काराेबार रकम घट्याे

5k Shares

काठमाण्डाै – शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमल ३५ अङ्कले घटेर २ हजार ६ सय ५२ विन्दुमा झरेको छ ।

आज होटल समूहको शेयर झन्डै डेढ प्रतिशतले घटेको छ । यस्तै बैंक, लगानी, म्युचल फन्ड समूहको शेयर सामान्य बढेकोमा व्यापार समूहको शेयर १ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।

आज सिटी होटलको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ सय २७ वटा कम्पनीका ७९ लाख ५३ हजार कित्ता शेयर ३ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार