प्रधानमन्त्री कार्कीसँग थाइल्याण्डका राजदूतको बिदाइ भेट

5.6k Shares

काठमाडौं, असोज ८ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित थाइल्याण्डका राजदूत सुवापोङ श्रीस्वर्नले आज  शिष्टाचार विदाइ भेट गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा सम्पन्न भेटवार्तामा नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध, सहयोग र साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्री कार्कीले दुई देशबीच ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूतले नेपालमा कार्यकालका क्रममा प्राप्त सहयोग, सद्भाव र सहयोगी वातावरणप्रति आभार व्यक्त गर्दै दुई देशबीचको मित्रतालाई भविष्यमा पनि थप प्रगाढ बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार