एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए

7.3k Shares

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

पूर्व उपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव रायमाझी मंगलबार केन्द्रीय कारागार सुन्धारामा फर्किएका हुन् ।

रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट गत भदौ २४ गते निस्किएका थिए । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो देश पठाउने भन्दै रायमाझी समेतको गिरोहले प्रतिव्यक्ति लाखौँ रकम असुलेको आरोप थियो ।

तर, सरकारले भदौ २३ गते भएको जेन-जीको आन्दोलनमा दमन गरेपछि उग्र बनेको प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि निस्किएका थिए ।

सेन्ट्र्रल जेलमा रहेका ३८ सय कैदीबन्दीमध्ये अब ५०० जतिमात्रै बसेका थिए । टोपबहादुरसँगै निस्केका सयभन्दा धेरै कैदीबन्दी कारागारमा फर्किइसकेका छन्‌ ।

सम्बन्धित समाचार