सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

7k Shares

काठमाडौं । आज बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला रु २ लाख १७ हजार १०० र प्रति १० ग्राम रु १ लाख ८६ हजार १३० पुगेको छ।

चाँदीको मूल्य पनि बढेर प्रति तोला रु २ हजार ६२० र प्रति १० ग्राम रु २ हजार २४६ पुगेको छ।

शुक्रबार सुनको मूल्य प्रति तोला रु २ लाख १६ हजार र चाँदी प्रति तोला रु २ हजार ५८० रहेको थियो। यसअनुसार, सुन र चाँदीको मूल्य क्रमशः रु १ हजार १०० र रु ४० ले वृद्धि भएको छ।

सम्बन्धित समाचार