जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

4.3k Shares

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार