काठमाडौं– भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूले सरकार परिवर्तन गर्नेगरी गरेको आन्दोलनको नराम्रो प्रभाव बिहीबार पुँजीबजारमा देखियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुँदा नेप्से समयसीमा अनुसार ४, ५ र ६ प्रतिशतले घटेर बन्द भयो ।
२२६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुँदा १६०.३३ अंकले घटेर नेप्से २५११.३३ अंकमा झरेको छ । बिहीबार कारोबार भएका कम्पनीमध्ये २१७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य मात्रै बढ्यो ।
बिहीबार अन्तिम सर्किट लागेर बजार बन्द हुनेबेलासम्म ७२ करोड ८७ लाख दुई हजार ८३० रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
आजको कारोबारमा व्यापार समूहमा सबैभन्दा धेरै ९.४३ प्रतिशत अर्थात् ३६४.६४ अंकले पहिरो गएको छ ।