बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

18.3k Shares

काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ ।

‘हामी आगो नियन्त्रण लिने प्रयासमा छौं । क्षतिको विवरण आउन बाँकी रहेको छ’ उनले भने । आगो कसरी लाग्यो भन्ने खुलेको छैन र आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने पनि उनले बताए ।


सम्बन्धित समाचार