हल खुल्यो, दर्शक कति ?

6.2k Shares

काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुलेका छन् ।  आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै हल सञ्चालन गर्ने निर्णय गरेसँगै हल खुलेका हुन् । 

जेनजी आन्दोलन अगाडि देशभर १६५ हल संचालनमा रहेका थिए । ति मध्य अहिले १६४ हल मात्र खुलेका हुन् । जेनजीको आन्दोलनमा तोडफोड र आगजानीबाट विराटनगरस्थित क्यूएफएक्स हल ध्वस्त भएको छ ।

हल खुलेसँगै ९ फिल्म रिलिज भएका छन् । जुन हल बन्द हुने समय रिलिजमा रहेका थिए । जसमा ६ वटा नेपाली फिल्म छन् । जसमा साउन २३ गतेदेखि रिलिजमा आएको ‘मोहर’देखि भदौको २० बाट रिलिज भएको ‘रिमै’सम्म छ । 

अहिले हलमा रहेका नेपाली फिल्म हुन् ‘मोहर’, ‘माग्ने राजा’, ‘गुन्यु चोलो’, ‘कोशेढुंगा’, ‘रिमै’, ‘जनै हराएको मान्छे’ । विदेशका भने तीन फिल्म छ । ति हुन् ‘परम सुन्दरी’, ‘बागी ४’ र ‘दि कन्जुरिङ’ रहेका छन् ।

कति छन् दर्शक ?

हल खुलेपनि दर्शक भने कमी नै देखिएका छन् । हल खुलेको पहिलो दिन दर्शकको अकुपेन्सी १५ प्रतिशत रहेको चलचित्र संघले जनाएको छ । संघले पहिलो दिन यति दर्शक देखिनु सुखद मानेको छ । जेनजी आन्दोलनको त्रास अझै पब्लिकको मनमा कायम नै रहेको पनि पहिलो दिन हलमा दर्शक धेरै नदेखिएको चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ बताउँछन् ।

‘हलमा पुरानै फिल्म लागेको छ । जसलाई धेरैले हेरिसकेको पनि हुनसक्छ’, कायस्थले भने ‘अब नयाँ फिल्म लाग्दा दर्शक आउछन् ।’ नेपाली फिल्ममा भन्दा विदेशी फिल्ममा अहिले दर्शक बढी रहेको कायस्थले जानकारी दिए ।

सम्बन्धित समाचार