शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँकाे सरसफाइ

5.5k Shares

काठमाडौँ । जेनजी आन्दोलन पश्चात् काठमाडौँमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अस्तव्यस्ततालाई ध्यान दिँदै शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ ।

4_N6qbFT4Fg1.jpg
कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका सार्थ दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।

5_xQIpP3R8jH.jpg
कम्पनीका अनुसार, वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी   दिनहरूमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र सहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

9_xDLItLTgUO.jpg

'वर्तमान परिस्थितिमा समुदाय र सहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौँलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौँ', कम्पनीले जनाएको छ । 7_IkRVutcuqi.jpg1_s1gNQDJOae.jpg8_4FK13e9DjI.jpg

सम्बन्धित समाचार