प्रहरीको आग्रह : आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाईदिनू

5.4k Shares

काठमाडौं– नेपाल प्रहरीले जेन–जीको आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाई दिन आग्रह गरेको छ । 

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरेर भदौ २३ देखि २५ सम्म चलेको आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाई दिन आग्रह गरेको हो ।

प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोसाकको दुरुपयोग नगर्न पनि भनेको छ । दुरुपयोग गरेको फेला परेर सूचना उपलब्ध गराइदिन सर्वसाधारणसँग नेपाल प्रहरीले आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार