जनकपुरधाममा जेन-जी पुस्ताको आन्दोलन

6.7k Shares

जनकपुरधाम– जनकपुरधाममा जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि जारी रहेको छ । सोमबार आन्दोलनको क्रममा राज्यको दमनपछि युवाहरूको मृत्यु भएपछि आन्दोलनलाई निरन्तरता दिइएको छ ।

मधेस सरकारको मुख्यालय मधेस भवनमा तोडफोड समेत गरिएको छ । जनकपुरधामको विभिन्न चोकमा जेन–जी पुस्ता र उनीहरूका समर्थनमा अन्य पुस्ताहरूले समेत प्रदर्शन गरिरहेका छन् ।

युवाहरूको एक समूहले जनकपुरधामको पसलहरूलाई बन्द गराएका छन् भने टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरिरहेका छन् । 

जनकपुरधामको रामानन्द चौक, जनकचौक लगायतको स्थानमा बिहानै देखि प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुरधाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।mukhya-mantri-1536x864.jpgmadesh-5-1536x864.jpg

सम्बन्धित समाचार