विपक्षी दलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग

8.3k Shares

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको माओवादीसहित विपक्षी दलको बैठकले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।

सरकारले युवाहरूको आक्रोशलाई बुझ्न नसकेकाले अहिलेको अवस्था सिर्जना भएको बैठकको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध रहेको उनको भनाइ छ । बैठकले आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

 

सम्बन्धित समाचार