ललितपुरमा संचारमन्त्री गुरुङको निवासमा तोडफोड र आगजनी, अन्य नेताहरूका घर वरिपरि पनि प्रदर्शन।

6k Shares

ललितपुर – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। जेनजी पुस्ताले मंगलबार बिहान गुरुङको निवास सुनाकोठी पुगेर आगजनी गरेका हुन्

प्रहरीले आन्दोलनकारीलाई हटाएर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। सामाजिक सञ्जाल बन्द गर्ने सञ्चारमन्त्रीको ठाडो आदेशप्रति जेनजी पुस्ता आक्रोशित छ।

सामाजिक सञ्जाल सञ्चालन भए पनि जेनजीले आन्दोलन रोकेका छैनन्। सोमबार सुरु भएको आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु हुँदा चार सय बढी घाइते भएका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो।fire-1536x815.jpg

सम्बन्धित समाचार