टोमाटो केचअप र ‘सस’ आयातमा बाहिरियो ५८ करोड

17.9k Shares

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ५८ करोड रुपैयाँभन्दा धेरैको टमाटो सस भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ५८ करोडभन्दा बढीको सस भित्रिएको हो । विदेशबाट नेपालमा विभिन्न चार क्याटोगोरीमा टोमाटो केचअप र टोमाटो सस आयात हुँदै आएको छ । टोमाटो केचअपको नाममा ६ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख ७७ हजार किलोग्राम भित्रिएको छ ।

यस्तै, २ करोड ४ लाख रुपैयाँ बराबरको सोया सस आयात हुँदा सस र मिक्स ससको आयातबापत ३० करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ । यो शीर्षकमा ५ लाख ९४ हजार किलोग्राम वस्तु आयात भएको छ ।यसबाहेक, अन्य ससको शीर्षकमा १९ करोड ७९ लाख रुपैयाँको आयात भएको छ । यो शीर्षकमा ४ लाख १२ हजार किलोग्राम सस भित्रिएको छ ।

सम्बन्धित समाचार