सुमेरु सिटी अस्पतालमा प्रधानमन्त्री देउवा

22.5k Shares

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति गणेशराज भट्टलाई भेट्न सुमेरु सिटी अस्पताल पुल्चोक आउनुभएको छ । 

डडेल्धुरा पार्टी सभापति भट्ट अचानक मंसिर २८ गते नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा ब्रेनहेम्रेज भई बेहास् अवस्थामा फेला पारिएको थियो । सिरियस अवस्थामा रहेका भट्टलाई उपचारका लागि सुमेरु सिटी अस्पतालको ईमरजेन्सीमा ल्याइएको थियो । चिन्ताजनक अवस्थामा रहेका भट्टलाई सुमेरु सिटी अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराइरहेको अस्पतालका डा. रोसन रिजालले जानकारी गराउनुभएको छ । भट्टको स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अस्पतालमै उपस्थित भई विरामीको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । 

चिन्ताजनक अवस्थामा रहेका भट्टलाई भेन्टिलेटरमा राखी उपचार गर्दा सामान्य भन्दा सामान्य स्वास्थ्यमा सुधार आएपछि आज उहाँको तत्काल अप्रेशन गर्नुपर्ने भएका कारण अन्नपूर्ण अस्पतालमा लगिएको डा. रोसन रिजालले जानकारी गराउनुभएको छ । 

सम्बन्धित समाचार