लेखजंगको उम्मेदवारी तलमाथि नहुने

7.6k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि अघि सारेका डा. लेखजंग थापाको उम्मेदवारीबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले गत साउन ४ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको प्रावधानलाई हेरेर सामाजिक सञ्जालमा थापाको उम्मेदवारीबारे चर्चा चलिरहेको हो ।  

प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश गरिएको नाम यथावत रहेका कारण उनी आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने देखिएको हो । 
 उक्त विज्ञप्तिमा ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको’ उल्लेख छ । 

त्यही बुँदालाई ‘हाइलाइट’ गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बिहीबार बिहानैबाट थापाको तस्बिर राखेर उम्मेदवारीबारे प्रश्न गरिरहेका छन् । थापाको नाम नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश थियो । 

सम्बन्धित समाचार