नक्कली भुटानी प्रकरणमा थुनामा रहेका खाँणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

16.8k Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाँझिएको थियो । उनीहरूबीच राय बाँझिएका कारण तेस्रो न्यायाधीशकोमा पठाउने आदेश अनुरुप बिहीबार कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।

कोइरालाले मंसिर १५ गते न्यायाधीश पाण्डेले राखेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।अब खाणले ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोधपुछ गर्नेछ । त्यसपछि मात्रै खाण थुनामुक्त हुनेछन् ।

सम्बन्धित समाचार