सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

11.7k Shares

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै मंगलबार नयाँ रेकर्ड बनाएको छ ।

 सोमबार १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनले मंगलबार फेरी ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला सोमबार २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य समेत १५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । 

सोमबार प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको चाँदी मंगलबार २ हजार ४८५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार