शेयर बजार १२ अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

7.1k Shares

काठमाण्डाै – शेयर बजार आज बढेको छ । लगातार २ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०३ अङ्कले बढेर २ हजार ७ सय ६१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ । आज १ सय ४३ वटा कम्पनीको शेयर बढेकोमा १ सय ६ वटाको घटेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएन ।

आज हिम स्टार ऊर्जा कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर ७ दशमलव ६८ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार