आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

4.6k Shares

काठमाण्डौ – आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका धेरै ठाउँहरूमा भने मध्यम पानी पर्नेछ ।

राति कोशी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको छ ।

ठूलो पानी ठाउँमा बाढीको जोखिम रहेकाले नदी, खोला किनारमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

सम्बन्धित समाचार