तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

7.2k Shares

काभ्रे– काभ्रेमा तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा भएको एक कार्यक्रममा तीज जोडी फोटो प्रतियोगिता– २०८२ का विजेतालाई पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा शम्भु घिमिरे र कोपिला घिमिरे प्रथम, दिनेश ठकुरी र सुबिना ठकुरी दोस्रो तथा रूपेश ठकुरी र सरिता ठकुरी तेस्रो भएका थिए । प्रथम हुने जोडीलाई १५ हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो । दोस्रो हुने जोडीलाई १० हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला तथा तेस्रो हुने जोडीलाई ५ हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो ।

प्रतियोगिता साउन १२ गते दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन भएको थियो ।

आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार