करेन्ट लागेर मृत्यु

6.5k Shares

स्याङ्जा, ८ भदौ । पुतलीबजार नगरपालिका-१ ठाडोलाईन डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-१ रंगपुर घर भएका २५ वर्षीय अरूण कुमार चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका-९ कोल्मास्थित नेटको काम गर्ने क्रममा बिजुलीको पोलमा भर्‍याङ लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल पुतलीबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार