काठमाडौँ । देशको विभिन्न् स्थान मोरङ, कैलालि र पर्साबाट लागूऔषध सहित तिनजना प्रकाउ परेका छन्
मोरङ विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी शिव मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम, नगद ८ हजार रूपैयाँ, मोबाइल १ थानसहित भारत मोतिहारी थाना नकरदेई बिर्ता बस्ने २५ वर्षीय जादु लाल कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले साईकलयात्री यादबलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।