फड्के तर्ने क्रममा खोलामा खसेर दुई वर्षीया बालिकाको मृत्यु

6.1k Shares

ताप्लेजुङ । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । 

फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् । 

फुरुम्बूबाट माइतीघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार