काठमाडौं, २८ साउन । पर्सा, बहुदरमाई नगरपालिका-२ बस्ने राजु रामको घरको बुधबार बिहान आगलागी हुँदा करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका राजुलाई उपचारको लागि नारायणी अस्पतालतर्फ पठाइएको छ ।
ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-४ फाकुम्बास्थित ५५ वर्षीय आईतराज तामाङ बस्दै आएको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देही, कोटहीमाई गाउँपालिका-५ मझगाँवा चोकस्थित चन्द्रभान यादवको चिया तथा खाजा पसलमा मंगलबार राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।