मृत अवस्थामा फेला

5.6k Shares

काठमाडौं, २७ साउन । जुम्ला, तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका-६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

कास्की, पोखरा महानगरपालिका-२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार