5.4k
Shares
काठमाण्ठौ – काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाइमा नेपाल मोबिलिटी एक्स्पो सकिएको छ । गएको बुधवारदेखि शुरू भएको एक्स्पो हिजो सकिएको हो ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको एक्स्पोमा ५० ब्राण्ड सहभागी थिए । ती ब्राण्डहरूले ३५ भन्दा धेरै नयाँ मोडलका गाडी सार्वजनिक गरेका थिए ।
६ दिनसम्म चलेको एक्स्पोमा १ लाखभन्दा धेरैले अवलोकन गरेको आयोजक नाइमाले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा २ हजारभन्दा धेरै गाडी बुकिङ भएका छन् ।
नाइमामा गाडी बिक्रेताहरूले नयाँ गाडी लन्चसँगै भारी छुट अफरसमेत ल्याएका थिए । एउटै गाडीमा २० लाख रुपैयाँसम्म नगद छुट दिइएको थियो ।