7.8k
Shares
सुर्खेत, २२ साउन । बीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाईन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका विभिन्न गरगहना र नगद ५० हजार रूपैयाँ गरी करिब १३ लाख ६१ हजार ७ सय ८६ रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।