कांग्रेसलाई राप्रपाको जवाफ- हामीले सदनसँग भत्ता पनि बहिस्कार गरिरहेका छौँ

10.2k Shares

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको प्रतिनिधिसभामा आफूहरूलाई लक्षित गर्दै व्यक्त गरेको धारणाको जवाफ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंहले मंगलबारको प्रतिनिधिसभा बैठकमा फर्काएका छन् ।

सोमबारको बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका थिए। ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गरिनुपर्ने बताउँदै उनीहरूको यो कदम बन्द नभए सम्पूर्ण सांसदहरू उनीहरूको क्रियाकलापविरुद्ध उत्रिन पर्ने हुनसक्ने चेतावनी दिएका थिए। 

त्यसको जवाफ फर्काउँदै सिंहले भने, ‘सदन बहिस्कार गर्नेलाई प्रतिवाद गर्छौँ भनेर कांग्रेसका प्रमुख सचेतक भनिसक्नुभएको छ। हामीले सदनसँगै हामीले पनि सेवा सुविधा पनि बहिस्कार गरिरहेका छौँ।’

भिजिट भिसा प्रकरणमा दैनिक असुली धन्दा गरेर युवाहरूलाई विदेश पठाउने, बिचल्ली पर्दा पनि कुनै वास्ता नर्गनको लागि गणतन्त्र ल्याएको होरु भन्दै प्रश्न गरे। रोजगारी देशमा दिन नसक्ने र बाहिर जानेहरूबाट असुली धन्दा चलाउनेमाथि कारबाही गर्न छानबिन समितिको माग गरे।

सिंहले आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार र सभामुखले चासो नदिएको आरोपसमेत लगाए । आफूहरूले आज पनि संसद् बैठक बहिस्कार गर्ने र बहिस्कार गर्ने दिनको भत्ता नलिने पनि जानकारी गराए। भिजिट भिसामा छानबिनको माग गर्दै गत जेठ १३ गतेदेखि सदन बहिस्कार गर्दै आएका छन्।

सम्बन्धित समाचार