प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल

17k Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच सिंहदरबारमा भेट भएको छ ।  भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । 

अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताए । उनले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको  समेत  नेपालले बताए । 

सम्बन्धित समाचार