काठमाडौं, २० साउन । पर्सा, वीरगंज महानगरपालिका-५ स्थित सडकमा पार्किङ गरी राखेको बा.१६ च ८८५९ नम्बरको स्कार्पियोमा वाईरिङ तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
रूपन्देही, ओमसतिया गाउँपालिका-१ खुन्सास्थित एसिया फर्माटिकलमा Stirrer मेसिन कम्पनीमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ सुकुम्बासी बस्ती बस्ने ४० वर्षीय राजेन्द्र यादवको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।