कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत

6.2k Shares

काठमाडौं– कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन्। यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन्।

यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए। प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो। यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो। दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन्।

सम्बन्धित समाचार