खोकनामा बागमतीले ‘खतरा’को तह पार गर्‍यो : ४४ वटा नदीमा अत्यधिक बाढी

12k Shares

काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै कोइली नदी बन्गाई, पर्सा खोला महेशपुर, सिन्धुपाल्चोक मेलम्चीको नाकोटे, पूर्व पश्चिम राजमार्गमा रहेको नाकोटे खोलामा बाढी खतराको तहमा पुगेको बाढी पूर्वानुमान शाखाका हाइड्रो इन्जिनियर प्रशान्त न्यौपानेले  जानकारी दिए ।

ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको विभागले जनाएको छ ।

 
सम्बन्धित समाचार