करेन्ट लागेर मृत्यु

7.2k Shares

काठमाडौं, ७ साउन । मोरङ, कटहरी गाउँपालिका-६ थलाहास्थित विद्युतीय पोलमा चढि तार जडान गर्ने क्रममा करेन्ट लागेर विद्युत कार्यालयका कर्मचारी भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मंगलबार राति मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय राहुल कुमार दासको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित न्यू कृष्णा डिस्पोजल उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार