4.4k
Shares
झापा, ४ साउन । बिर्तामोड नगरपालिका-९ नारायण कृष्ण टोल बस्ने लोक माया खरेलको आफ्नै घर आँगनमा पार्किङ गरी राखेको प्र.१-०१-००१ ह ७९०३ नम्बरको अटोमा शनिबार राति आगलागी हुँदा अटोको ईन्जिन र पछाडिको भाग पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।