भोलिबाट आकस्मिक बाढीको सम्भावना

5.1k Shares

काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको मध्यम जोखिम छ । धेरै स्थानमा भारी वर्षाको सम्भावना नरहेकाले बाढीको उच्च जोखिम नरहेको हो ।

कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहनेछ । तर, बहाव बढ्दो क्रममा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङमा भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।

सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमजुङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालिकोट भएर बग्ने नदी तथा खोलामा मध्यम जोखिम छ ।

अछाम, मुगु, जुम्ला, डोल्पा, दार्चुला र आसपासका जिल्ला भएर बग्ने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान छ ।

शनिबार कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्नसक्ने पूर्वानुमान छ ।

आइतबार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भएर बग्ने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्नसक्ने पूर्वानुमान रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार