आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.4k Shares

काठमाडौं, २९ असार । सिराहा, सिरहा नगरपालिका-२ छोटकी टोल बस्ने शिवा महराको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब २ लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाही, हरिपुर्वा नगरपालिका-२ बस्ने बिन्देश्वर साहको सोही नगरपालिका-१ स्थित घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार