श्रीलंकासहित सात देशमा ट्रम्पले लगाए अतिरिक्त कर

5.5k Shares

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि श्रीलंकासहित सात राष्ट्रबाट आउने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने घोषणा गरेका छन्।

यो घोषणाअन्तर्गत श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्दोवा र ब्रुनेईका सामानमा अतिरिक्त कर लगाइएको हो ।

राष्ट्रपति ट्रम्पले यी देशका नेताहरूलाई पठाइएका पत्रहरू सार्वजनिक गर्दै उक्त निर्णयको औपचारिक जानकारी दिएका छन्। ती पत्रहरूमा अमेरिकाले आयात गर्ने वस्तुहरूमा ती देशहरूले लगाउने शुल्कहरूको उल्लेख गरिएको छ।

नयाँ कर

श्रीलंका, इराक, अल्जेरिया, लिबिया: ३० प्रतिशत

मोल्दोवा, ब्रुनेई: २५ प्रतिशत

फिलिपिन्स: २० प्रतिशत

राष्ट्रपति ट्रम्पले यी कुनै देश अमेरिकासँग आयातमा कर लगाए आफूहरूले पनि त्यही अनुपातमा प्रतिक्रिया दिँदैन जाने बताए यस्तो निर्णय दुई देशबीचको सम्बन्धको आधारमा फेरबदल गर्न सकिने उनले बताएका छन्।

यसअघि ट्रम्प प्रशासनले अरू देशमा पनि कर थोपरिसकेका छन् ।

म्यानमार, लाओस: ४० प्रतिशत

थाइल्याण्ड: ३६ प्रतिशत

बंगलादेश, सर्बिया: ३५ प्रतिशत

इन्डोनेसिया: ३२ प्रतिशत

बोस्निया-हर्जेगोविना, दक्षिण अफ्रिका: ३० प्रतिशत

ट्युनिसिया, मलेशिया, कजाखस्तान, दक्षिण कोरिया, जापान: २५ प्रतिशत

यस घोषणासँगै ट्रम्प प्रशासनको व्यापारिक कूटनीति अझै आक्रामक भएको देखिन्छ । ट्रम्पको चालले विश्वव्यापी व्यापार सम्बन्धमा प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।

सम्बन्धित समाचार