9.1k
Shares
काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिका-११ थापाथली पुलमुनी सोही महानगरपालिका-११ सुकुम्बासी बस्ती बस्ने मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, कमलामाई नगरपालिका-२ पौवागढीस्थित सडक तल हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।