7.8k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भएकी ३० वर्षीया सुस्मिता श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद गरी करिब ११ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।