काठमाण्डाै – होटल खोज्न सहयोग गरिदिने भन्दै भारतीय पर्यटकहरूलाई लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भई काठमाण्डौ महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ र २५ वर्षीय किरणकुमार मोक्तान तथा नमोबुद्ध–१ घर भई काठमाण्डौको टोखा नगरपालिका–१० श्रृजनाटोल बस्ने २८ वर्षीय नीलकुमार तामाङ रहेका छन् ।
उनीहरूले काठमाण्डौ महानगरपालिका–१६ ठमेलमा भारतीय पर्यटकहरूलाई होटल खोज्न सहयोग गरिदिने भन्दै गोङ्गबु बसपार्क नजिक रहेको ध्रुवतारा कम्प्लेक्सको छैटौँ तलामा लगी कुटपिट तथा लुटपाट गरेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।