मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

7.1k Shares

पर्सा, १७ असार । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-३१ कोनिया टोलस्थित पार्किङ गरी राखिएको मधेश प्रदेश-०३-०३५ प ७७४५ नम्बरको मोटरसाइकल असार ९ गते चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न महतोलाई वीरगंज महानगरपालिका-३१ बाट उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार