8.9k
Shares
काठमाण्डौ – कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ वटा जिल्लामा आज सार्वजनिक बिदा छ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्लाबाहेक नौ वटा जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
जुम्लामा यसअघि चैत १२ गते नै धान दिवस मनाइसकिएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते र अरू जिल्लामा असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।