जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता

9.4k Shares

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर २०८१ असारमा बनेको गठबन्धनको साथ छाड्न थालेको छ।

अध्यक्ष यादवले यसअघी लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यादवले मंगलबार भक्तपुरमा घोषणा गरेअनुसार जसपाले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रक्रिया थालेको थियो।

त्यहीअनुसार लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लिएको हो ।

जसपा नेपालले संघमा पनि ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार जसपाले प्रदेशश सरकारबाट समर्थन फिर्ता लिन थालेको हो ।

यादवले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका थिए ।000.jpg

सम्बन्धित समाचार