मुकुल ढकालले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

11k Shares

काठमाडौँ–  मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ।

आफूलाई महामन्त्री दाबी गर्दै डा.मुकुल ढकालले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। ढकालको उक्त रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई भएको थियो। सर्वोच्चले दुवै पक्षलाई असार १७ गते मंगलबार छलफलको लागि बोलाएको छ।

ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाएका थिए। उनले हिजो (बुधबार) मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। ढकालले आफूलाई रास्वपाका महामन्त्रीको रुपमा कामकारबाही गर्न उत्प्रेषणको आदेश माग गरेका छन्।

रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशिन गरेको थियो। त्यसपूर्व २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै पार्टीले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो। 

सम्बन्धित समाचार