कपिलवस्तुमा श्रीमान श्रीमती मृत फेला

16.5k Shares

बुटवल । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी  प्रमुख नवरन्त पौडलका अनुसार बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।  

प्रहरीका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए । 

 

सम्बन्धित समाचार